काठमाडौँ । नेपालमा गत आर्थिक वर्ष मात्रै करिब सवा १६ करोड रुपैयाँ बराबरको कण्डम आयात भएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कण्डम आयात भएको हो ।
Advertisement
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा विदेशबाट पाँच करोड २८ लाख ३७ हजार थान कण्डम आयात भएको हो । नेपालमा विश्वका ७ वटा देशबाट कण्डम आउने गरेको छ ।
भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कण्डम आयात हुने गरेको छ ।