काठमाडौँ । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका २ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा सरावल गाँउपालिका १ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्तास्थित शहिद स्मृति सामुदायिक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।
आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई साँगुरो पुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।