क्वालालम्पुर- मलेसियामा पछिल्लो २४ घण्टामा चार हजार ८१६ जना कोभिड-१९ का नयाँ बिरामी थपिएका छन्।
Advertisement
यस अवधिमा नौजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मलेसियामा हालसम्म कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार ९३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन्।
यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।