काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट खेल्ने भएको छ । उनले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका हुन् ।
Advertisement
भारतमा आयोजना हुने प्रतियोगितामा आफ्नो सहभागिता हुने खड्काले फेसबुकमार्फत जानकारी गराएका हुन् । प्रतियोगिता आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म हुने छ ।
खेलमा विश्वका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ४ टोली हुने छन् । जसमा ११० लेजेन्ड्स खेलाडी हुने छन् ।