बेइजिङ- चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा नौ जनाको मृत्यु भएको छ।
Advertisement
स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११:१५ बजेतिर खसेको जानकारी दिएका छन्।
दुर्घटनामा परेका १७ जनामध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। अर्का एक जना अझै बेपत्ता छन् । खोजी तथा उद्धार कार्य जारी छ।