काठमाडौँ । सर्लाहीमा श्रीमतीको हत्या गर्ने पुरुषसहित तीन जना पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
Advertisement
पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु रहेका छन् ।
उनीहरूले रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरूले शव आफ्नै जग्गामा लगेर गाडेको प्रहरीले जनाएको छ ।