काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
Advertisement
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको नीतिअनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ ।
यस्तै, निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।