काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । योसँगै बैंकले ब्याज दर बढाएको छ ।
Advertisement
शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने ब्याज दर बढाइएको हो ।
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।