काठमाडौँ । सवारी दुर्घटनामा घाइते भएका एआईजी मुकुन्दराज आचार्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Advertisement
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार उनको अवस्था सामान्य रहेको छ । प्रहरी प्रशिक्षणको अवलोकन गर्न जाँदा एआईजी आचार्य सवार गाडी बाराको कोहल्वीमा दुर्घटना भएको हो ।
उनी सवार बी एए ७४७३ नम्बरको गाडी सडकभन्दा केही तल खसेको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुन् ।