• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

७५ वर्षपछि जन्मघर फर्किइन् ९० वर्षकी रिना, भारत-पाक विभाजनमा छुटेको थियो सम्बन्ध


शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित

इस्लामावाद- भारत-पाकिस्तान विभाजनको त्रासद क्षणमा जन्मघर छाडेकी ९० वर्षीया रिना बर्मा ७५ वर्षपछि आफ्नो थातथलोमा फर्केकी छन्। गत बुधबार उनी पाकिस्तानको रावलपिण्डीस्थित जन्मघर पुगेकी हुन्।

Advertisement

भारतको पश्‍चिमी शहर पुणेबाट रावलपिण्डीसम्मको यात्रामा उनी कम रमाएकी थिइनन्। रावलपिण्डीको कलेज रोडस्थित घर पुग्दै गर्दा उनलाई स्थानीय बासिन्दाले पुष्‍पवृष्‍टि गरे। उनको आगमनको खुशी मनाउन ढोल बजाए, नाचे, गाए।

बर्माको परिवारले सन् १९४७ मा उक्त घर छाडेको थियो। भारत र पाकिस्तान अलग मुलुक भएको घोषणा हुनु एक साताअघि उनको परिवार आफ्नो थातथलोबाट विस्थापित भएको थियो। भारत-पाकिस्तान विभाजनको त्यस समयमा चलेका साम्प्रादायिक हिंसाबाट बच्‍न रिनाको परिवारले पाकिस्तान छाड्यो। भारत-पाकिस्तान विभाजनको त्यो त्रासदी विश्‍व इतिहासमै अंकित छ। यो संसारको हालसम्मकै सबैभन्दा ठूलो ‘माइग्रेसन’ हो।

त्यसबाट खासगरी अहिले भारत र पाकिस्तान दुवैतिर पर्ने पञ्‍जाब क्षेत्र सबैभन्दा बढी प्रताडित भएको थियो। ती हिंसामा कतिले ज्यान गुमाएका थिए भन्‍ने अहिलेसम्म यकिन आँकडा छैन। लाखौं मानिसले आफ्नो थातथलो छाडे, लाखौं मारिए।

९० वर्षीया रिनाले अझै भुलेकी छैनन्, हिंसाको त्यो त्रासद क्षण। अझै उनी आफ्नो जन्मथलोमा बिताएको बाल्यकालको सम्झना गरिरहन्छिन्। उनी जन्मेको घर उनका बाबुले निर्माण गराएका थिए।

सन् २०२१ मा रिना एकाएक सामाजिक सञ्‍जालमा चर्चित बनिन्। एक अन्तरवार्तामा उनले पाकिस्तानमा पर्ने आफ्नो जन्मघर कस्तो होला भनी नियास्रो व्यक्त गरिन्। र, आफ्नो बाल्यकालको मिठो सम्झना गरिन्।

त्यसपछि फेसबुकमा ‘इन्डिया-पाकिस्तान हेरिटेज क्लब’ नाममा ग्रुप खोलेर अभियानकर्ताहरूको उनको जन्मघर खोज्‍न थाले। र, एक महिला पत्रकारले उनको रावलपिण्डीस्थित घर पत्ता लगाएरै छाडिन्।

तर, गत वर्ष रिनाले पाकिस्तान जान पाइनन्। कारण- कोभिड-१९ को बढ्दो प्रभावले यात्रा प्रतिबन्धित थियो। गत मार्चमा मात्र उनले पाकिस्तान जान भिसाको आवेदन दिइन्। तर, पाकिस्तान सरकारले उनको भिसा आवेदन कुनै कारण नखुलाई ‘रिजेक्ट’ गरिदियो।

भारत-पाकिस्तानजस्ता एकअर्काका दुष्‍मन मुलुक संसारमै थोरै मात्र छन्। त्यसको डोरो पनि त्यही सन् १९४७ को विभाजन र त्यसक्रममा भएका हिंसाका घटना नै हुन्। दुवै मुलुकले पटक-पटक आमनेसामने भएर युद्ध लडिसकेका छन्। त्यसैले दुवै मुलुकका नागरिक एकअर्का देशमा स्वतन्त्र ढंगले हिँडडुल गर्न पाउन पनि मुस्किल छ।

‘इहलीला समाप्त हुनुअघि मैले आफ्नो जन्मघर पनि देख्‍न पाउँदिनँ भन्‍ने कल्पना पनि गरेकी थिइनँ। म त निराश भएकी थिएँ। भिसा आवेदन अस्वीकृत हुन्छ भन्‍ने सोचेकी पनि थिइनँ। मेरा लागि त्यो अकल्पनीय थियो। तर, भयो त्यस्तै,’ उनी भन्छिन्।

तर, उनले आशा त्यागिनन्। फेरि आवेदन दिने निर्णय गरिन्। फेरि भिसाको आवेदन दिनुअघि एक पाकिस्तानी मन्त्रीको भनाइमा उनका नजर गढे। ती मन्त्रीले रिनाको आवेदनमाथि तत्काल कारवाही अगाडि बढाउन निर्देशन दिए, दिल्लीस्थित पाकिस्तानी उच्चायोगलाई। ‘तत्कालै पाकिस्तानी उच्चायोगबाट मलाई फोन आयो र भिसा लिन आउन बोलाइयो। त्यो केही दिनभित्रै भयो,’ उनी सम्झिन्छिन्।

उनले भिसा त पाइन्। तर, चुनौति अझै बाँकी थिए। मौसम अत्यधिक गर्मीको थियो। त्यतिबेलै उनले आफ्नो छोरालाई पनि गुमाउनु पर्‍यो। र, केही महिनापछि एक्लै जन्मघर पुग्ने इरादा लिइन्।

उनका लागि यो प्रतीक्षा कष्‍टदायी थियो। तर, यात्रामा बिरामी पर्न सक्ने जोखिम उठाउन पनि उनी सक्दिनथिन्। उनको प्रतीक्षाको घडी समाप्त भयो। अनि, उनी १६ जुलाईमा पाकिस्तान पुगिन्।

र, २० जुलाईमा उनी रावलपिण्डीको आफ्नो जन्मघर पुगेरै छाडिन्। घर पुग्दा उनले रंगिन कपडा पहिरिएकी थिइन्। उनका आँखा झुम्काजस्तै चम्किएका थिए। घर पुगेर कागती पानी पिउँदै उनले आफ्नो यात्रा अनुभव सुनाइन्, ‘यो तीतो-मिठो दुवै थियो। म यस खुशीको पललाई आफ्नो परिवारसँग बाँड्न चाहन्थें, तर उनीहरू सबै गइसके (मृत्यु भइसक्यो)। म आज अत्यधिक खुशी छु। तर एक्लोपन महशुस भइरहेको छ।’

उनले सन् १९४७ को गर्मीयाममा आफ्नो जन्मघर छाडेकी थिइन्। उनी र उनका दिदी-बहिनीहरूले कहिल्यै जन्मघर फर्किन पाइने सोचेका थिएनन्।

‘मेरी एक दिदीले अमृतसरमा विवाह गरेकी थिइन्। मेरा भिनाजु अप्रिल १९४७ मा रावलपिण्डी आएका थिए। र, मेरो बुवालाई हामीलाई आफूसँग पठाउनु आग्रह गरे। हिंसा बढ्दो थियो। त्यसैले सोही गर्मीयामलाई हामीलाई बुवाले सिमला पठाउनुभयो,’ उनी सम्झिन्छिन्, ‘हाम्रा बाबुआमाले तत्काल घर छाड्न मानेनन्। तर, केही सातापछि उनीहरू पनि सिमला पुगे। अनि हामीले विभाजनलाई स्वीकार्यौं। तर, मेरी आमाले त्यसलाई सहजै स्वीकारिनन्। उनी आफूहरू पहिले अंग्रेजको राजमा भएको र अब मुस्लिम राज स्वीकार्नुपर्ने ठान्थिन्। मुस्लिम राज स्वीकारेपछि हामीलाई कसरी घरबाट निकाल्छन् भन्थिन्।’

तर, उनीहरूलाई घरबाट हठात् निकालियो। अनि शरणार्थीका रूपमा बस्न रावलपिण्डीमै अलग टहरो दिइयो। उनकी आमाले त्यो टहरो स्वीकार्न सकिनन्। उनी सोच्थिन्, टहरोमा बस्न स्वीकारेपछि आफ्नो घर कहिल्यै फिर्ता दिने छैनन्। भयो पनि त्यस्तै। आखिर रावलपिण्डी पाकिस्तानमा पर्‍यो।

जब रिना बर्मा आफ्नो बाल्यकाल बिताएको जन्मघरमा प्रवेश गरिन्, संवाददाताहरूलाई बाहिरै रोकियो। पहेंलो र हरियो रंगबाट उनको घर भरखरै रंग्याइएको थियो। घर केही आधुनिक देखिन्थ्यो, तर ढाँचा पुरानो थियो। स्थानीय बासिन्दाहरू रिनालाई देख्‍न र उनीसँग सेल्फी खिच्‍न बाहिर सडकमा जम्मा भएका थिए। रिना बर्माले केही घण्टा घरभित्रै बिताइन्। जब उनी बाहिर निस्किइन्, एक दर्जनभन्दा बढी क्यामेराका लेन्स उनीतिरै सोझिएका थिए।

चर्को गर्मी थियो। सडकमा भीडभाड देखिन्थ्यो। तर, आफूलाई घेरिरहेको उन्मादी भीडबाट रिना बर्मा बिलकुल अप्रभावित देखिन्थिन्। संवाददातालाई उनले आफ्नो घर उस्तै रहेको प्रतिक्रिया दिइन्। घरमा जडित टाइल, छत, चिम्‍नी उस्तै देखिन् उनले। उनले एकपटक बाल्यकालको सुन्दर जीवन सम्झिइन्। र, आफूले गुमाइसकेका आफ्ना प्रियजनलाई सम्झिइन्।

‘मेरो दिल खुशी छ। र, मैले वर्षौं प्रतीक्षा गरेको यो दिन अनुभव गराइदिएकामा आभारी छु,’ उनले भनिन्। उनको यस यात्राले भारत र पाकिस्तानको लामो तिक्ततापूर्ण सम्बन्धलाई एकपटक झड्का दिएको छ। भारत र पाकिस्तान दुवैतिर अझै पनि घृणाको राजनीति व्याप्त छ। तर, अब त्यस घृणालाई प्रेममा बदल्नुपर्ने आवाज रिनाको घरफिर्ति यात्रासँगै सामाजिक सञ्‍जालमा उठेको छ।

(बीबीसी डट को डट यूकेबाट)

शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता
साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु
लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.