काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिनलाई बयान दिएका छन् । संसदीय विशेष समितिले आज शर्मासँग ३ घण्टासम्म बयान लिएको हो ।
Advertisement
पत्रकारको प्रश्नमा उनले भने, ‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’ समितिसमक्ष बयान दिँदा उनले अर्थ मन्त्रालयमा बजेट बनाउँदा कोही मान्छे नगाएको दाबी गरे ।
सीसीटीभीको फुटेज कहिलेसम्म हुने भन्ने कुरा आफूलाई थाहा नहुने शर्माले बताए । ‘भिडिओ कहिलेसम्म रहन्छ ? के हुन्छ ? त्योबारे मलाई केही जानकारी थिएन,’ उनले भने ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिन गर्न समिति बनाइएको थियो । समिति गठन भएसँगै उनले पदबाट राजीनामा दिएका थिए ।