• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

पोखरामा अनावश्यक सेक्युरिटी गार्ड र सल्लाहकार राखेर लाखौँ स्वाहा

    Avatar photo
बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित

काठमाडौँ । पोखरा महानगरसँग हाल २८ जना नगर प्रहरी छन् । २९ जनाको दरबन्दी रहेकोमा केही समयअघि एक जनाको अवकास भएपछि २८ जनाले काम गर्दै आएका छन् ।

Advertisement

उनीहरूको प्रमुख काम नगरभित्र शान्ति सुरक्षा कायम गर्ने र आवन्छित क्रियाकलाप हुनबाट रोक्ने हो । तर, महानगरले आफ्नै नगर प्रहरी हुँदा हुँदै बाहिरबाट सेक्युरिटी गार्ड ल्याएर गेटको सुरक्षा गर्न राखेको छ ।

महानगरको गेटमा राख्नका लागि कान्तिपुर सेक्युरिटी सर्भिसबाट दुई जना सेक्युरिटी गार्ड राखेको हो । उनीहरूलाई मासिक ५४ हजार २३६ रुपैयाँ तलब दिने गरी भर्ना गरिएको छ । उनीहरूको तलबका लागि वार्षिक ६ लाख ५० हजारभन्दा बढी खर्च हुने भएको छ ।

आफ्नै श्रोतबाट गेटको सुरक्षा गर्नु पर्नेमा सेक्युरिटी गार्ड झिकाएर गेट कुर्न लगाएको भन्दै महालेखा परीक्षकको कार्यालयले खर्च मितव्ययिता अपनाउन भनेको छ । पोखराका नगर प्रहरी अधिकांश करारमा छन् ।

प्रहरी आवश्यक परे थप्नका लागि ऐन बनाइएको छ । निरीक्षण महाशाखा प्रमुख नारायण शर्माले पोखरालाई कम्तिमा ७५ जना नगरप्रहरी आवश्यक पर्ने र त्यसको लागि प्रक्रिया सुरु भइसकेको बताए ।

‘प्रहरी ऐन बनेको छ । हाम्रा प्रहरीहरु चौविसै घण्टा खटिएका छन्,’ उनले भने, ‘हाम्रै प्रहरीले धान्न सके त राम्रो हो, तर जनशक्ति अभावले बाहिरबाट सेक्युरिटी गार्ड रिझाउनु परेको हो ।’

यस्तै, महानगरको आफ्नै कानून अधिकृत हुँदाहुँदै कानुनी सल्लाहकारका रुपमा बाहिरबाट वकिल झिकाएको पाइएको छ । पालिकाले दुई जना दरबन्दीमा कानुन अधिकृत नियुक्त गरेको छ । तर, पटके रुपमा कानूनी सल्लाहकार नियुक्त गरी पटकपटक रकम भुक्तानी दिएको पाइएको हो ।

कार्यालयका कर्मचारीबाट नहुने कामका लागि मात्रै परामर्श सेवामा रकम खर्च गर्नु पर्नेमा महानगरले आफ्ना कर्मचारीबाट काम नहुने उल्लेख नगरी सल्लाकार खरिद गरेको हो । यसबापत अधिवक्ता कमलप्रसाद अर्याललाई ६ लाख १० हजार भुक्तानी दिएको छ ।

अधिवक्ता सोमनाथ लम्साललाई ३४ हजार २ सय ३० भुक्तानी दिएको छ । नारायण शर्मा वरिष्ठ कानून अधिकृत हुन् भने राममणि अधिकारी कानून अधिकृतका रुपमा महानगरमै कार्यरत छन् ।

  • सल्लाहकार
बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.