काठमाडौँ । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलका अध्यक्ष राजु शाहीले कर्मचारीलाई कुटेका छन् । उनले सोही पालिकाका प्राविधिक कर्मचारीमाथि कुटपिट गरेका हुन् ।
Advertisement
शाहीले कार्यालय समयमा कार्य कक्षमै सव इञ्जिनियर दीपक शाहमाथि कुटपिट गरेका हुन् । पालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कर्मचारीलाई कुटेका हुन् ।
प्राविधिकमाथि कुटपिट हुँदा अध्यक्ष बाँठा हेरेर बसेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।
उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । आफू गरेको कामको मूंल्याकन नगरिदिएको भन्दै शाहमाथि कुटपिट भएको हो ।