काभ्रे । जिल्लाको भुल्लु गाँउपालिका १० दोलालघाटमा हिजो बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीन जना गम्भीर घाइते भएका छन् ।
Advertisement
घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।
चरिकोटबाट काठमाडौँ आउँदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ४९१८ नम्बरको टिपर ठोक्किएका थिए ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।