लासभेगास- अमेरिकाको लासभेगास विमानस्थलमा दुईवटा जहाज आपसमा ठोक्किएका छन्।
Advertisement
लासभेगासको उत्तरी क्षेत्रस्थित एक विमानस्थलमा दुईवटा साना जहाज ठोक्किएका हुन्। फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार सिंगल इन्जिनको पिपर पीए-४६ र सिंगल इन्जिनकै सेस्ना-१७२ जहाज ठोक्किएका हुन्।
‘प्रारम्भिक सूचनाअनुसार पीए-४६ विमानस्थलमा अवतरण गर्ने क्रममा थियो। त्यही बेला सेस्ना–१७२ जहाजसँग ठोक्किन पुगेको हो,’ एफएएले आफ्नो विज्ञप्तिमा भनेको छ।
घटनामा दुवै जहाजका २-२ जनाको मृत्यु भएको छ। नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्ड र एफएएले घटनाबारे अनुसन्धान थालेका छन्।