काठमाडौँ । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्ध ल्याउन नपाउने समयावधि थप गरेको छ । सरकारले थप १४ भदौसम्म उक्त प्रकारको सामान ल्याउन नपाउने गरी समय थप गरेको हो ।
Advertisement
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको समय १४ भदौसम्म लम्बाउने निर्णय गरेको हो ।
जसमा मदिरा, औद्योगिक कच्चा पदार्थबाहेक चुरोट सुर्तिजन्य पदार्थ, हीरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयको सूचनाअनुसार ३२ इन्चभन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, एक सय ५० सीसीभन्दा बढीका सबैखाले मोटरसाइकल यस अवधिमा आयात गर्न नपाउने भएको छ ।