काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २०५ जनामा संक्रमण भएको हो ।
Advertisement
सोही अवधिमा ५१ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ३८५ पुगेको छ ।
संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् । यस्तै, ४१ जना संस्थागत आइसोलेसनमा छन् भने १७ जना आईसीयूमा छन् । एक जनाको उपचार भेन्टिलेटरमा राखेर भइरहेको छ ।