काठमाडौँ । धरानका मेयर हर्क साम्पाङलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरान पुगेका छन् । लामिछाने साम्पाङलाई भट्न धरान पुगेका थिए ।
Advertisement
धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटमा साम्पाङलाई लामिछानेले बधाई तथा शुभकामना दिँदै धरानको विकास र राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
केही समयअघि मात्रै दर्ता भएको पार्टी निर्माणका लागि देश दौडाहा गरिरहेका लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह झापाको भेला सकेर फर्किएका थिए । लामिछाने सुनसरी भेलालाई सम्बोधन गर्न बिहीबार धरान पुगेका थिए ।
आजै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।