नयाँदिल्ली- खराब मौसमका कारण भारतमा अमरनाथ यात्रा स्थगित गरिएको छ।
Advertisement
कश्मीर उपत्यकामा मौसम अति खराब भएपछि अमरनाथ यात्रा बिहीबारदेखि स्थगित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
पहलगाम र बल्ताल रुटबाट भइरहेको यात्रा स्थगित भएको हो। ती स्थानमा पुगेका अमरनाथ यात्रीलाई त्यहाँबाट अगाडि बढ्न दिइएको छैन। मौसम खुलेपछि यात्रा शुरु गरिने जानकारी अधिकारीहरूले दिएका छन्।
हिन्दू धर्मावलम्बीहरूको पवित्र अमरनाथ गुफा पुग्न बर्सेनि हजारौं तीर्थयात्री यात्रामा निस्किने गर्छन्। ८ जुलाईमा भारी वर्षाका कारण आएको बाढीमा परी १६ तीर्थयात्रीको मृत्यु तथा ३० जना बेपत्ता भएपछि तीन दिनका लागि यात्रा रोकिएको थियो। त्यसपछि पनि मौसममा सुधार नआएपछि यात्रीलाई माथि जान रोकिएको हो।