काठमाडौँ । करिब ३० महिनादेखि खाली हुँदै आएको उपसभामुखको चयनका लागि पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी भुसालले मनोनयन दर्ता गराएकी हुन् ।
Advertisement
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
यस्तै, देशको पहिलो ठूलो पार्टी तथा प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।