काठमाडौँ । गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले वृद्धि भएको छ ।
Advertisement
आर्थिक वर्ष २०७६–७७ को तुलनामा २०७७–७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा बेरुजु बढेको महालेखा परीक्षकले जनाएको हो ।
महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन अनुसार २०७७–७८ मा कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रहेको छ ।