काठमाडौँ । पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज एकै दिन २०६ जनामा कोरोना पुुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
आज देखिएको कोरोना संक्रमितमा १२५ जना उपत्यकामा मात्रै रहेका छन् । जसमा काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ संक्रमित भेटिएका छन् ।
यस्तै, काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ६९४ छ ।