काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई सयभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन २०६ जनामा कोरोना पुष्टि भएको हो ।
Advertisement
कूल दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
सोही अवधिमा ४५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।