काठमाडौँ । काठमाडौँ–रूपन्देही सम्पर्क मञ्च आयोजक कमिटी गठन भएको छ । रुपन्देहीबाट विभिन्न सिलसिलामा काठमाडौँ आएर बसेका व्यक्तिहरूलाई समेट्दै नेकपा एकीकृत समाजवादी समर्थकले मञ्च गठन गरेको हो ।
Advertisement
भेलाले सरिता सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा आदर्श देवकोटा, सह सचिवमा जीवन पाण्डे र कोषाध्यक्षमा गीता भुसाल चयन भएका छन् ।
मंगलबार भएको कार्यक्रममा नेकपा एसका केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सम्पर्क कमिटी इञ्चार्ज कल्पना माण्डव्य प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष विद्याराज पाण्डेको अध्यक्षतामा अनेरास्ववियु स्थायी कमिटी सदस्य छबिलाल भट्टराई, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य कपिल काफ्लेलगायतको उपस्थिति थियो ।