काठमाडौँ । नेपाललाई विश्व बैंकले १० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधार गर्न ८ करोड अमेरिकी डलर अर्थात १० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो ।
Advertisement
बुधबार एक समारोहबीच नेपाल सरकार र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सहमति पत्रमा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका थिए ।
यस कार्यक्रम खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिने छ ।
साथै, यस सहमतिले नेपालको आर्थिक प्रगति र हरित, उत्थानशील तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाई पूर्वाधारमा रहेको महत्वपूर्ण कमीलाई समेत सम्बोधन गर्ने विश्वास गरिएको छ ।