बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
Advertisement
यस्तै, १० वटा वडामध्ये ७ वडाध्यक्षमा समेत एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य तीन वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रंगबहादुर खातीलाई पराजित गरेको हो । उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी हुन् ।