काठमाडौं– तमिल अभिनेता विक्रमलाई हृदयघात भएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ ।
Advertisement
उनको निजी अस्पतालमा उपचार भईरहेको र डाक्टरहरुले हेरचाह गरिरहेको उनका प्रवक्ताले बताए । भारतीय सञ्चार माध्यमका अनुसार उच्च ज्वरो र असहजताको गुनासो भएपछि उनलाई अस्पताल लगिएको थियो ।
विक्रमलाई हृदयघातको खबरले उनका दर्शकदेखि लिएर सेलिब्रेटीसम्म स्तब्ध भएका छन् । र, उनीहरुको विक्रमलाई शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
विक्रमको अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ । सञ्चार माध्यमका अनुसार विक्रम ८ जुलाई साँझ ६ बजे आफ्नो आगामी फिल्म ‘पोनियिन सेल्भान पार्ट १’ को टिजर लञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर त्यसअघि नै उनलाई हृदयघात भयो ।