काठमाडौं– बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो ।
बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो ।
बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रह्यो ।
बिहीबार आरबीबी म्युचअल फन्ड, माउन्टेन हाइड्रो नपाल, सिटिजन म्युचअल फन्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड लगायतको सेयर मूल्य बढ्यो भने समित लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, गुराँश लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य धेरै घट्यो ।
बिहीबार म्युचअल फन्ड उपसमूह मात्रै हरियाली देखियो भने बैंकिङ, व्यापार, होटल एन्ड टुरिजम, विकास बैंक, हाइड्रोपावरलगायतका उपसमूह राताम्मे रह्यो ।