काठमाडौँ । सुनको मूल्य आज पनि भारी मात्रामा गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको जनाएको छ ।
Advertisement
महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय तोकिएको छ । यस्तै चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।
बुधबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको थियो ।