काठमाडौं- आगामी २ मंसिरमा एकैचरणमा आम निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव गरेको छ।
Advertisement
प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार भेटेर आयोगका पदाधिकारीले निर्वाचन तिथि सिफारिस गरेका हुन्। एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न आयोगले सिफारिस गरेको छ।
प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदास वैरागीसँग भेटेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले चुनावको मिति सिफारिस गरेका हुन्।
आयोगको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने कानूनी व्यवस्था छ।