काठमाडौं- हाल संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय मन्त्रिपरिषदले गरेको छ।
Advertisement
विचाराधीन विधेयकका विवादित विषय सच्याएर पुनः पेश गर्न फिर्ता लिने निर्णय मंगलबारको मन्त्रिपरिषदले गरेको हो।
प्रतिनिधिसभामा विचाराधीन विधेयकमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान उल्लेख छ।
त्यसबारे राज्य व्यवस्था समितिमा छलफलका क्रममा कांग्रेस र मधेशकेन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए।
यो विधेयक २२ साउन ०७५ मा प्रतिनिधिसभामा दर्ता भएको थियो। यो विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफलपछि ९ असार ०७७ मा प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएको थियो।