काठमाडौं– आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरिएको छ ।
Advertisement
आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सशस्त्र प्रहरीले जनकपुरबाट बरामद गरेको हो ।
प्रहरीका अनुसार मंगलबार ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका–५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको छ ।