काठमाडौं– संखुवासभामा ४३ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्की रहेका छन्। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
झारफुक गर्न गएकी ती महिलालाई १४ असारमा बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।