काठमाडौँ । काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
Advertisement
मृत्यु हुनेमा काठमाडौँको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका काठमाडौँको ईन्द्रचोकका अन्दाजी २२ वर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ ।