काठमाडौँ । सिन्धुली प्रहरीले पुरुषको हत्या आरोपमा महिलालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका ६ लोकतान्त्रिक चोकस्थित डाँफे होटलमा सँगै सुतेको पुरुषको हत्या आरोपमा घ्याङलेख गाउँपालिका ३ की ३५ वर्षीया मायारानी थिङ पक्राउ परेकी हुन् ।
Advertisement
कमलामाईका सुमन विकको हत्या गरी थिङले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार सुनको गहना लिन विकले थिङलाई बोलाएका थिए ।
आइतबार बिहान ९ बजे होटलको कोठा बुक गरी राति १० बजेसम्म दुवैजना सामान्य देखिए पनि साढे ११ बजे महिलाले ‘मैले केटाको हत्या गरेँ प्रहरीलाई बोलाउनुस्’ भन्दै होटलका मान्छेलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनीहरू विवाहित हुन् ।