काठमाडौं- ललितपुर ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
सोलुखुम्बु खुम्बुपासाङल्हामु गाउँपालिका-५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका सोही ठाउँमा मिस्त्री काम गर्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-५ राखाबाङदेल घर भएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा रम्भा गाउँपालिका-३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा सडिगलेको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव आइतबार फेला परेको छ ।
सिन्धुली गोलन्जोर गाउँपालिका-७ खुर्कोट तल्लो बजारस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।