हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुट्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रेट हिमालयन ट्रेलको यात्रामा रहेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरूले लुटपाट गर्न खोजेका हुन् ।
Advertisement
हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुट्न खाजेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सबैलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ पर्नेमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्ट रहेका छन् ।