काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् ।
Advertisement
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौँ ५ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन्
सोही क्षेत्रबाट जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पनि उम्मेदवारी दिने तयारी गरेकी छन् ।
अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको पनि क्षेत्र हो ।
युवा पुस्ताका चर्चित व्यक्तिहरूले उक्त काठमाडौँ ५ मा उम्मेदवारी दिने घोषणा गरेसँगै ईश्वर पोखरेललाई चुनौती हुने भएको छ ।