काठमाडौं– मेलम्ची– हेलम्बु सडक अवरुद्ध भएको छ।
Advertisement
मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची११ सिमखेतमा बाटो अवरुद्ध भएको हो। बाटो अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्।
बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।