काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
Advertisement
घटेको मूल्यअनुसार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।