काठमाडौँ । डोल्पाको ठूलीभेरी नगरपालिका ९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।
Advertisement
सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । चालक डाँगी डाँडी बागाका बासिन्दा हुन् ।