काठमाडौँ । पदबाट राजीनामा दिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफूले राजीनामा नदिएको दाबी गरेकी छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले उनको राजीनामा स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएका थिए ।
Advertisement
गत जेठ ३१ गते प्रेमी एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरी घरमा तोडफोडको आरोप लागेको राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी गराएका थिए । वली भने आफूले राजीनामा नदिएको बताएकी छन् ।
यसअघि उनका केही निर्णय विवादमा आएका थिए । उनले पार्टी परिवर्तन, तत्कालीन प्रदेश सरकारलाई दिएको समर्थन र आफू अपहरण परेको जस्ता विषय विवादमा आएको थियो ।