काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले आज आफ्नो पार्टी घोषणा गर्ने तयारी गरेका छन् । उनले नेकपा एकता केन्द्रीय समन्वय समिति पार्टी घोषणा गर्दै ७० जना केन्द्रीय समिति सदस्य राख्ने भएका छन् ।
Advertisement
जसमा गौतमपत्नी तुलसा थापा र छोरा हरिषदेव गौतमसमेत समावेश हुने भएका छन् । उनीहरू नयाँ बन्ने पार्टीमा केन्द्रीय सदस्य हुने भएका हुन् ।
केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।
यस्तै, गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ ।