काठमाडौं– सिरहामा गोली चल्दा एक जना घाइते भएका छन्।
Advertisement
लहान नगरपालिका–२२ स्थित बेल्ही टोलमा स्थानीय रविन चौधरीको घरमा गोली चल्दा सोही ठाउँका १८ वर्षीय दिलिप मुखिया गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आइतबार बिहान करिब पौने ९ बजेको समयमा चौधरीको घरको १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेका बेला ख्याल–ख्यालमै सुशान्तले गोली चलाउँदा दिलिपलाई लागेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार दिलिपको पेटभन्दा माथिको भागमा गोली लागेको हो। उनको अवस्था गम्भीर रहेको र उपचारको लागि धरान पठाइएको छ ।
यस घटनापश्चात प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ भने उक्त घरबाट पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।