काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले २७ विभाग प्रमुख चयन गरेको छ ।
Advertisement
अखिलले असार ५ मा भएको केन्द्रीय समितिको तेस्रो पूर्ण विस्तारित बैठकको निर्णयअनुसार विभाग प्रमुख, उपप्रमुख र सचिवहरू चयन गरेको हो ।
संगठन विभागको प्रमुखमा दिपेश पुन र प्रशिक्षण विभाग प्रमुख मिलन एमसी चयन भएका छन् ।
यस्तै, उपाध्यक्ष पवन कार्कीलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । संगठनको हितविपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो ।

