काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा घटेको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।
Advertisement
यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले भाडा घटेको छ ।
सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।