काठमाडौं- कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कान्द्रा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
‘कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाऔं,’ महाशाखाले भनेको छ।