काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ ।
कारोबार समयदेखि घट्न शुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।
कारोबार शुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपियाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।
बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको हो । आज कारोबारमा आएकामध्ये १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा २१८ अंकको गिरावट आउँदा निर्जीवन बीमा कम्पनी समूहको १४३ अंक घटेको छ । यसैगरी, विकास बैंक समूहमा ११९ अंकको र लघुवित्त समूहमा १०२ अंकको गिरावट आएको छ ।