वायु सेवा सञ्चालक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
Advertisement
बुधबारदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । गृह मन्त्रालयको समन्वयमा संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालनबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो ।
‘आजबाट अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं,’ यती एयरलाइन्सले गएराति नै फेसबुकमा लेखेको छ ।
बुद्ध एयरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । ११ बजेदेखि नियमित उडान हुने बुद्धले जानकारी दिएको छ ।