काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित भएका छन्।
Advertisement
एन्फाको सोमबार सम्पन्न निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्बाङ निर्वाचित भएका हुन्।
नेम्बाङ र शेर्पाबीच जम्मा ६ मतको अन्तर रह्यो। नेम्बाङले ४५ मत पाए भने शेर्पा ३९ मतमा समेटिए। अध्यक्षका अर्का प्रत्यासी राजीव पौडेलले शून्य मत पाए।